Nepalese Blood Donors Association Australia | NBDA | Logo

Nepalese Blood Donors Association Australia
नेपाली रक्तदाता संघ अष्ट्रेलिया

नेपाली रक्तदाता संघ अष्ट्रेलिया स्थापना

नेपाली रक्तदाताहरुको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्थाको रुपमा नेपाली रक्तदाता संघ अष्ट्रेलियाको स्थापना भएको छ । संघका अध्यक्ष अजय सत्यालको अध्यक्षता र अस्ट्रेलियाका लागी नेपाली राजदुत महेश राज दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन संघका महासचिब राहुल रेग्मीले गरेका थिए ।

भर्च्युल रूपमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष एभरेष्ट गौतम र संस्थाको बारेमा बिनोद प्रसाद मैनालीले प्रकाश पारेका थिए ।

झापा निवासी हाल अष्ट्रेलियामा व्यवसाय गरीरहेका सामाजिक अभियन्ता भूपाल सिटौला अध्यक्ष रहने गरी गठित संघको अष्ट्रेलिया कार्यसमिति १७ सदस्यीय रहेको छ । कार्यसमितिको घोषणा संघका उपाध्यक्ष प्रशान्त उप्रेतीले गरेका थिए । नवगठित समितिको अध्यक्षमा सिटौला, उपाध्यक्षमा मुक्तिराम पोख्रेल र प्रकाश खरेल, सचिवमा प्रकाश लामिछाने, सह–सचिवमा चन्द्र प्रकाश ढकाल, कोषाध्यक्षमा रंजीता भण्डारी र सदस्यहरुमा उमेश पोखरेल, निरज खतिवडा, ललित मल्ल, अर्जुन गैरे, सिमा थापा, दिवाकर काफ्ले, सुर्य खनाल, ईश्वर कुईकेल, प्रशंना दाहाल, अजय राजवंशी र राज खनाल चयन भएका छन् भने संरक्षकमा अष्ट्रेलियामा सर्वाधिक रक्तदान गर्ने नेपाली विनोद प्रसाद मैनाली रहेका छन।

त्यसैगरी सल्लाहकारहरुमा सामाजिक अभियन्ता एवं अन्तर्राष्ट्रिय झापाली समाजका निवर्तमान अध्यक्ष दिनेश पोखरेल, सामाजिक अभियन्ता विष्णु हमाल, गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका पूर्व अध्यक्ष तथा अधिवक्ता टोनु घोताने, गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका पूर्व महासचिव तथा अधिवक्ता भरत पोखरेल, पत्रकार महासंघ अस्ट्रेलियाका अध्यक्ष हेमन्त काफ्ले, सामाजिक अभियन्ता भैरव ढकाल, एनआरएनए आईसीसी महिला, स्वास्थ्य र शिक्षा समिति का संयोजक भोमा लिम्बू, गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका पूर्व अध्यक्ष महेन्द्र ओली र मेडिकल डाक्टर डा। देवेन्द्र सापकोटा चयन भएको अध्यक्ष भूपाल सिटौलाले जानकारी दिए ।

भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजदुत दाहालले जीवन बचाउने पवित्र कार्यका लागि देश र विदेशमा रहेर नेपाली समुदाय सेवा भावमा लागेको देख्दा आफुलाई गर्व महसुस भएको भन्दै संघलाई धन्यवाद दिए । उनले नेपाली राजदुताबास नेपाली रक्तदाता संघ अस्ट्रेलियासंग निरन्तर सहकार्य गर्दै अगाडी बढने र दुताबासले यो अभियानमा सक्दो सहयोग पनि गर्ने बताए ।

https://aamsanchar.com/2020/09/09/102412/?fbclid=IwAR2y79TSHNnW2fQd_oS5BwpZWSSPAIp0gg2ccdzDnGMQsLMgDeL1oHONT48

Contact Us